नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा आज , बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा आज , बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आज साधारण सभा गर्दै छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को सभा कालिकास्थान स्थित अमृतभोगमा गर्न लागेको हो ।

सभामा कम्पनीले प्रस्ताव गरेको लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछ । त्यस्तै, सभामा लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आ.व.२०७८/७९ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पनि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी १२ अर्ब ८१ करोड पुग्ने छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको सेयर रहेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार १२:०८