सुनको मुल्य बढ्याे, चाँदीकोे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, चाँदीकोे कति ?



काठमाडौं । शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज तेजावी सुनको मुल्य पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार ११:३८