साना किसानको नाफा ५२ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

साना किसानको नाफा ५२ प्रतिशतले बढ्यो



काठमाडौं, १ फागुन  । ५० करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी भएको साना किसान विकास बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा ५२ दशमलव १२ प्रतिशतले वृद्धि गरी १५ करोड ८१ लाख रुपैयाँ कमाउन सफल भएको भने गत वर्षको सोहि अवधिमा १० करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकको निस्कृय कर्जा शून्य दशमलव ११ प्रतिशत रहेको छ

बैंकले ५९ करोड ६९ लाख १८ हजार रुपैयाँ जगेडाकोषमा राखिएको छ । कर्जा तर्फ १२ अर्ब ४५ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ३७ दशमलव ७७ प्रतिशतले बढेर २९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ५२ दशमलव १२ प्रतिशतले बढेर २४ करोड ८४ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ६२ दशमलव ६८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ९० दशमलव २२ रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा शून्य दशमलव ११ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १० दशमलव ३३ प्रतिशत रहेको छ ।

प्रकाशित : 12 February, 2017 6:55 am