आफ्नो नेतृत्वका कारण देशको अर्थतन्त्र गतिशिल भएको प्रधानमन्त्री दाहालको दावी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

आफ्नो नेतृत्वका कारण देशको अर्थतन्त्र गतिशिल भएको प्रधानमन्त्री दाहालको दावी



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वका कारण देशको अर्थतन्त्र गतिशिल भएको दाबी गरेका छन्। बुधबार बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले भने ‘सबैजसो आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढ्दैछन्’, उनले भने, ‘पछिल्लो ६ महिनायता कुल विदेशी विनियम सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको छ। अब ९.७ महिनाको वस्तु तथा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेका छौँ।’

यस्तै, कुल वस्तु व्यापारको घाटामा १५.२ प्रतिशतले कमी आएको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए। ‘रेमिट्यान्समा पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ’, उनले भने।

प्रधानमन्त्री दाहालले गत वर्ष यही बेलालाई आधार मान्दा पर्यटक दोब्बर बढेको पनि बताए। ‘बैंकको ब्याजदर क्रमशः घट्दै गएको छ’, उनले भने, ‘वित्तीय क्षेत्रको लगानीको वातावरणमा सुधार आएको बताए।’

प्रकाशित : १३ असार २०८०, बुधबार १५:१४