सुनको मुल्य घट्यो, चाँदीको भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, चाँदीको भने स्थिर



काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ३७५ रुपैयाँ नै कायम भएको छ। अघिल्लो दिन प्रतितोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १३ असार २०८०, बुधबार ११:१८