सुनको मुल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

सोमबार पनि छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : १२ असार २०८०, मंगलवार ११:४५