अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै



काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी सङ्ग्रहालयमा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए ।

नेशनल ग्यालरीले नै कलाकृति नेपाली दुतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रीला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो । कूल २२ सेन्टिमिटर उचाइ ४३ दशमलव छ सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् ।

पुरातात्विक महत्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए। नेपाल ल्याएपछि ती पूरातात्विक महत्वका कलाकृतिहरु पुरातत्व विभागमा राखिनेछ ।

प्रकाशित : ११ असार २०८०, सोमबार १५:४९