काठमाडौं । यति बेला आइपिओ निष्काशनका लागि २० वटा कम्पनीहरू नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन्। यी सबै कम्पनीले कुल १४ अर्ब ६८ करोड ७९ लाख ३७ हजार ५३५ रुपैंया बराबरको ७ करोड २९ लाख ९५ हजार ६१ कित्ता आइपिओ जारी गर्न आवेदन दिएका हुन्।
यसमा ८ वटा जलविद्युत कम्पनी, ३ बीमा कम्पनी, ५ अन्य कम्पनी, ३ उत्पादन तथा प्रशोधन र एक लगानी कम्पनी पाइपलाइनमा रहेको बोर्डले जनाएको छ। यी कम्पनीका प्राथमिक सेयर निष्काशन प्रक्रिया विभिन्न चरणमा छ। प्रक्रिया पूरा भएपछि बोर्डले निष्काशनको स्वीकृति दिनेछ। सामान्यतः स्वीकृति दिएको दुई महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ।
पाइपलाइनमा रहेका जलविद्युत कम्पनीहरूः
भिजन लुम्बिनी उर्जा ३८ करोड २५ लाख ३८ लाख २५ हजार कित्ता, सानिमा हाइड्रोपावर १४ करोड ७० लाख रूपैयाँको १४ लाख ७० हजार ४९ कित्ता सेयर, मण्डु हाइड्रोपावर ३३ करोड ७० लाख ९२ हजार २२० रूपैयाँको १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्काशनको लागि बोर्डको पाइपलाइनमा छन् । त्यसैगरी, भगवती हाइड्रोपावर डेभलपमेन्ट १६ करोड ५८ लाख ९८ हजार ७९२ रूपैयाँको १४ लाख ३० हजार १६२ कित्ता, मनकामना इन्जिनियरिङ हाइड्रोपावर २८ करोड रूपैयाँको २८ लाख, मिड सोलु हाइड्रोपावर १४ करोड ९६ लाख ८० हजार रूपैयाँको १४ लाख ९६ हजार ८०० कित्ता, चिर्खा हाइड्रो पावर १२ करोड रूपैयाँको १२ लाख र माथिल्लो मैलुङ खोला हाइड्रोपावर २५ करोड रूपैयाँको २५ लाख कित्ता सेयर बोर्डको पाइपलाइनमा छन् ।
बीमा कम्पनी
बोर्डमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ अर्ब ५८ करोड ८० लाख रूपैयाँको एक करोड २० लाख कित्ता सेयर पाइपलाइनमा छ । बिक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट रहेको उक्त इन्स्योरेन्सले ०७९ फागुन २ गते बोर्डमा निवेदन दिएका थियो । त्यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रूपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता सेयर पाइपलाइनमा छ । त्यस्तै, अर्को सन नेपाल लाइफ इन्स्योरेन्स २ अर्ब ४० करोड ५२ लाख ८० हजार रूपैयाँको ९६ लाख कित्ता सेयर बोर्डको पाइपलाइनमा छ ।
अन्य
मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि १४ करोडको १४ लाख कित्ता सेयर निष्काशन गर्दैछ । कम्पनीले आइपिओ निष्काशनको लागि ०७८ साल फागुन २० गते बोर्डमा आवेदन दिएका थिए । कान्तिपुर टेलिभिजन नेटर्वकको ७ करोड ५० लाख रुपैंयाको ७ लाख ५० हजार कित्ता सेयर निष्काशनको लागि आवेदन दिएको छ । त्यस्तै ट्रेड टावर ११ करोड ५८ लाख ९८ हजार रूपैयाँको ११ लाख ५८ हजार ९८० कित्ता, एकर्ड फार्मेसी ७ करोड ६ लाख ९० हजार ९ सय रूपैयाँको ७ लाख ६ हजार ९०९ कित्ता र नेपाल वायर हाउजिङ १३ करोड ७५ लाख रूपैयाँको १३ लाख ७५ हजार रूपैयाँको आइपिओ पाइपलाइनमा छन् ।
उत्पादन तथा प्रशोधन
सोनापुर मिनरल्स एण्ड वेयल्सको ३ अर्ब २ करोड १५ लाख २२ हजार ६२२ रूपैयाँ बराबरको एक करोड २३ लाख २ सय कित्ता सेयर आइपिओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले ०७९ असोज ४ गते आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिएका थिए । रिलायन्स स्पाइनिङ मिल्स लिमिटेडको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको उक्त कम्पनीको ७ लाख ७० हजार ६४० कित्ता सेयर पाइपलाइनमा छ । साथै, अर्को सर्वोतम सिमेन्टको २४ लाख कित्ता सेयर निष्काशनको लागि बोर्डमा निवेदन परेको छ ।
लगानी
हाथवे इन्भेष्टमेन्ट नेपाललले १४ करोड ६२ लाख ५० हजार रूपैयाँको २९ लाख २५ हजार कित्ता सेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ ।





Comment