पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश



काठमाडौं । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । आज (असार ७ गते) पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।

उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका थिए । यस्तै, उनलाई पार्टी प्रवेश लगत्तै रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पनि दिएको छ । पछिल्लो पटक शाह नबिल बैंकको सीइओ थिए । यसअघि उनी मेगा बैंकको सीइओ पनि रहेका थिए ।

प्रकाशित : ७ असार २०८०, बिहीबार १२:२९