१६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

१६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै



काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ ।

१६औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल हुनेछ । बुधबार दिउसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमित रुपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने छ । बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ ।

प्रकाशित : ६ असार २०८०, बुधबार १३:११