सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ। मंगलबार पनि छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ६ असार २०८०, बुधबार ११:३५