सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ४ असार २०८०, सोमबार ११:५१