दोल्ती पावर कम्पनी ५ करोड ७३ हजार घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दोल्ती पावर कम्पनी ५ करोड ७३ हजार घाटामा



काठमाडौं । दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण भर्खरै सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ह्वातै घटेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीले ५ करोड ७३ हजार रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५० लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष यसैअवधिमा यस कम्पनीले ८ करोड ३७ लाख ४ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा यो वर्ष ६ करोड १ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ५६ पैसा छ । यस कम्पनीले केही समय पहिले मात्रै आइपीओ जारी गरेको हो ।

प्रकाशित : ३ असार २०८०, आईतवार १५:०८