माछापुच्छ्रे बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’



काठमाडौं । माछापुच्छ्रे बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पाएको छ । ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा सफलता हासिल गरेसँगै यस बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पुरस्कारबाट सम्मानित भएको हो ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इनफोसिस फिनाकल, इन्डिया, बैङलोरले प्रदान गर्ने ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’, ‘म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट गोल्ड’ नामक पुरस्कारबाट माछापुच्छ्रे बैंक सम्मानित भएको हो । विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ ।

इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरिबाट दुई सय भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

प्रकाशित : १ असार २०८०, शुक्रबार १४:४७