गुडविल फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गुडविल फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् एजेन्डा



काठमाडाैं । गुडविल फाइनान्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २१ गते बिहिबार हात्तिसार स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १२ देखि असार २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असार ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरु :

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने।

२) लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७८/०७९ को नाफा- नोक्सान हिसाव र नगद प्रवाह विवरण स्वीकृत गर्ने ।

३) लेखा समितिको सिफारिस बमोजिम आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्री वि. आर. एस न्यौपाने एण्ड कम्पनीका पार्टनर ज्ञानेन्द्र बहादुर भारी पुनः नियुक्ती गर्न मिल्ने) ।

४) विविध

प्रकाशित : १ असार २०८०, शुक्रबार १२:३०