धितोपत्र बोर्डले नेपाल लाइफ र फवार्ड कम्युनिटीलाई भन्यो – १५ दिन भित्र सेयर बाँटफाँड गर्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धितोपत्र बोर्डले नेपाल लाइफ र फवार्ड कम्युनिटीलाई भन्यो – १५ दिन भित्र सेयर बाँटफाँड गर्नु



काठमाडौं २८ माघ ।  धितोपत्र बोर्डले नयाँ सेयर (एफपीओ) जारी गरेको नेपाल लाइफ इन्स्योरेन्स र फवार्ड क्म्युनिटी माइक्रोफाइनान्सलाई १५ दिन (फागुन १३ गते) भित्र सेयर बाँटफाँट गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ ।

धितोपत्रको बाँडफाँट साविकको व्यवस्था अनुसार नेपाल लाईफको निष्काशन बन्द भएको मितिले ६० दिन भित्र गर्नुपर्नेमा ४० दिन भित्र गरिसक्न निर्देशन दिएको हो । त्यस्तै, फरवार्ड कम्युनिटीको पनि नियमानुसार विक्री बन्द भएको मितिले ५० दिन भित्र गर्नुपर्नेमा बोर्डले ३० दिन भित्र गर्न निर्देशन दिएको हो ।

यस व्यवस्थाले गर्दा ३ लाख ७० हजार भन्दाबढी लगानीकर्ताहरुले हालेको रु ५५ अर्ब भन्दा बढीको रकम छिटो फिर्ता भुक्तानी पाउँने र बैंकहरुमा फिकिने हुँदा वित्तीय बजारमा देखिएको तरलताकोे समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा बोर्डले गरेको छ ।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार ०५:३०