धौलागिरी र खप्तड लघुवित्तको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धौलागिरी र खप्तड लघुवित्तको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै दुवै लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो।

यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। त्यसपति दुवै लघुवित्तले संयुक्त रुपमा राष्ट्र बैंकमा निवेदन दिँदै मर्जरमा अन्तिम स्वीकृति मागेका थिए।

यी दुवैबीच गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। गत पुस १७ गते नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

प्रकाशित : 15 June, 2023 12:29 pm