आशा लघुवित्तको साधारण सभा असार १६ गते, के-के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आशा लघुवित्तको साधारण सभा असार १६ गते, के-के छन् एजेण्डा ?



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा गर्ने भएको छ । संस्थाको बुधबार बसेको बैठकले आगामी असार १६ गते विशेष साधारणसभा डाकेको हो।

सभा काठमाण्डौको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्नेछ। सभाले दुवै लघुवित्तबीच प्राप्ति प्रक्रियालाई निर्धारण गरिएको १ः१ सेयर स्वाप रेसियो पारित गर्नेछ।

प्राप्तिपछि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठनपश्चात साविक सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिनेसम्बन्धी विशेष प्रस्ताव अनुमोदन हुनेछ।

प्राप्ति प्रक्रिया पूरा भएपछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड रहने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। प्राप्तिपछि संस्थाको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

विशेष साधारणसभा प्रयोजना संस्थाले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको सभामा भाग लिन पाउनेछन्।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहीबार १२:०३