नेप्सेमा थपियो करिब ६ लाख कित्ता सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा थपियो करिब ६ लाख कित्ता सेयर



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब ६ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ५ लाख ९४ हजार ४६३.२८१६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यो लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि कालिका लघुवित्तले १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार १३:५०