असारमा निक्षेपको ब्याजदर स्थिर रहने, कर्जाको ब्याजदर घट्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

असारमा निक्षेपको ब्याजदर स्थिर रहने, कर्जाको ब्याजदर घट्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्। मंगलबार बसेको बैंकर्स सँघको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।

अहिले बैंकहरुले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन्। जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए। असरमा पनि यही ब्याजदर कायम गर्ने भएका हुन्।

गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए। संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ। कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ।

बैशाखमा निक्षेपको ब्याजदर घटेकोले असर महिनामा कर्जाको ब्याजदर भने घट्ने छ। नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा कर्जाको ब्याजदर घट्ने भएको हो।

बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले असारदेखि कर्जाको ब्याजदर घट्ने भएको हो। असार अन्तिमसम्ममा बैंकहरुले स्प्रेड दर ४ प्रतिशतमा झार्नु पर्ने भएकोले पनि कर्जाको ब्याजदर घट्ने छ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलबार १२:३४ 13 June, 2023 12:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।