नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित



काठमाडाैं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

काठमाडाैंमा आइतबार सम्पन्न महासंघको प्रथम साधारण सभाबाट अध्यक्षमा उद्योगपति राजेशबाबु श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, महासचिवमा अजय बज्राचार्य, कोषाध्यक्षमा बलराम सुवेदी र सचिवमा दिनेश कुमार राजभण्डारी चयन हुनुभएको बताइएको छ ।

यस्तै महासंघको सदस्यहरूमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेश कुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गाबहादुर श्रेष्ठ, ननिता महर्जन र विनिता राई चयन हुनु भएको छ ।

यसै बीच नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले राजेश उपाध्यायलाई महासंघको उपाध्यक्षमा मनोनित गरेको छ ।

महासंघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सो संघको विधान बमोजिम अध्यक्षबाट एक जना उपाध्यक्ष मनोनित गर्न पाउने प्रावधान बमोजिम उपाध्याय महासंघको उपाध्यक्षमा मनोनित हुनुभएको हो । त्यस्तै ज्ञानेन्द्र नकर्मी, नविन आलेमगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ तथा देविका राईसमेत महासंघको सदस्यमा मनोनित हुनुभएको छ । यो सँगै महासंघ २४ सदस्यीय बनेको छ ।

यस्तै महासंघको पदेन उपाध्यक्षमा प्रदेश संघका अध्यक्षहरू रहने प्रावधान अनुसार बागमती प्रदेशका राजन कुमार श्रेष्ठ, लुम्बिनी प्रदेशका सितुप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशका ओकील(शंकर) मान तुलाधर उदास, कर्णाली प्रदेशका रमेश कुमार केसी मनोनित हुनुभएको छ ।

महासंघका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् । हाल सो महासंघको बागमती, लुम्बिनी, गण्डकी र कर्णाली गरी ४ प्रदेश संघ र विभिन्न ३० जिल्ला संघ गठन भइसकेको छ । महासंघका पदाधिकारीहरूको पदावधि ४ वर्षको रहनेछ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको प्रथम साधारण सभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषदले ६ महिनाअघि नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन गरी राजेशबाबु श्रेष्ठको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार १५:०७