प्रभु इन्स्योरेन्स मुनाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु इन्स्योरेन्स मुनाफा कति ?



काठमाडौँ, २८ माघ  ।  प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफामा ५५ दशमलव ९१ प्रतिशतले वृद्धि गरी २ करोड ९२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा १ करोड ८७ लाख रुपैयाँ कमाएको थियो ।

३८ करोड ५० लाख रुपैया चुक्ता पुजी रहेको प्रभु इन्स्योरेन्सले जगेडा कोषमा ५ करोड ४० लाख रुपैयाँ र बिमा कोषमा २६ करोड २७ लाख रुपैयाँ राखेको छ । यस इन्स्योरेन्सको आम्दानी ४५ दशमलव ९८ प्रतिशतले बढेर ५ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको व्यवस्था तथा खर्चहरु ३५ दशमलव २३ प्रतिशतले बढेर २ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले ३७ करोड २५ लाख रुपैयाँ बराबरको कुल बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै २२ करोड १८ लाख रुपैयाँ बराबरको कुल दाबि भुक्तानी गरेको छ । तर पनि कम्पनीबाट अझै १२ करोड ७७ लाख रुपैया बराबरको भुक्तानी दाबि हुन बाकि रहेको छ । कम्पनीको जारी बीमालेखको संख्या ३८ हजार ९ सय ७१ वटा र कुल दाबी भुक्तानी संख्या ७ सय २१ वटा रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी वार्षिक १५ दशमलव १७ रुपैयाँ, मुल्य आम्दानी अनुपात १ सय ४४ गुणा, प्रति शेयर नेटवर्थ १ सय ८२ रुपैयाँ र तरलता अनुपात १ दशमलव ८३ प्रतिशत रहेको छ ।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार ०४:५३