कर्जा लगानी नियन्त्रण गर्ने बैंकर्स संघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्जा लगानी नियन्त्रण गर्ने बैंकर्स संघको निर्णय



काठमाडौ २७ माघ । बैंकर्स संघले कर्जा लगानी घटाउने निर्णय गरेको छ । बजारमा तरलताको अभाव भएकाले तत्कालका लागि कर्जा लगानी घटाउने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले वताएका छन्  । अाज  बैंकर्स संघ, विकास बैंक एसोसियसन र वित्त कम्पनी संघको नेतृत्वसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कर्जा लगानी र निक्षेप संकलनलार्इ सन्तुलित बनाउन निर्देशन दिएकाे समाचार छ  ।

गभर्नरको निर्देशनपछि  बैंकर्सहरुको छलफलले कर्जा घटाउने, निक्षेपको ब्याजदरलाई स्थिर बनाउने, अनुत्पादक क्षेत्रको कर्जामा व्यापक कटौती लगायतका निर्णय गरेको छ। शाहले बचत खाताको रकम समेत मुद्धति खातामा जम्मा गर्ने क्रम बढेको निष्कर्षमा पनि बैंकरहरु पुगेको जानकारी दिए । यससँगै  बैंकहरुले अब तत्कालका लागि गाडी, घर जग्गा र सेयरका लागि नयाँ कर्जा नदिने भएका छन् ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार १५:५९