रिलायन्स फाइनान्सको ६.८४ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायन्स फाइनान्सको ६.८४ प्रतिशत लाभांश घोषणा



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुल ६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । फाइनान्सको जेठ २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद पनि प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी साधारण सभाबाट अनुमोदन भए पश्चात सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित : २८ जेष्ठ २०८०, आईतवार ११:३३