सिटी होटलको सेयर कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिटी होटलको सेयर कारोबार खुल्यो



काठमाडौं । आइतबारदेखि धितोपत्र दोस्रो बजारमा सिटी होटलको सेयर कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र स्पेसल प्रि–सेसनमा सिटी होटलको सेयर किनबेच भएसँगै आजबाट नियमित समयका लागि कारोबार खुलेको हो।

नेप्सेले पहिलो कारोबारका लागि भने यो होटललाई प्रतिकित्ता न्यूनतम ८७.८३ रुपैयाँदेखि अधिकतममा २६३.४९ रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। प्रि–सेसनमा यो होटलको सेयर १११.१० रुपैयाँमा किनबेच भएको छ।

सिटी होटलको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको थियो। नेप्सेले सिटी होटललाई ‘सीआईटीवाई’ कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित : २८ जेष्ठ २०८०, आईतवार ११:२८