माछापुच्छ्रे बैंकका ग्राहकलाई केएफसी, क्रिमबेल र पिजा हटमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकका ग्राहकलाई केएफसी, क्रिमबेल र पिजा हटमा छुट



माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ। केएफसी आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि बाट सञ्चालित रहेको छ । जस अन्तर्गत केएफसी, क्रिमबेल र पिजा हट आउटलेटहरु सञ्चालनमा छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि मा आवद्ध भएका केएफसी, क्रिमबेल र पिजा हट आउटलेटहरु मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएस मार्फत डेबिट / क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्दा दैनिक पहिलो कारोवारमा १०% ( बढिमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते, २०८० सम्म प्रदान गर्ने जनाएको छ।

बैंकले १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २७ जेष्ठ २०८०, शनिबार १९:३८