नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २५३ पुग्यो, कुन क्षेत्रमा कति ? (पुर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २५३ पुग्यो, कुन क्षेत्रमा कति ? (पुर्णपाठ)



काठमाडौं । २०८० चैतमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २५३ पुगेको छ । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो ।

सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्।

२०७९ बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १३.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेप्सेमा २०८० बैशाख मसान्तमा सूचीकृत ७ अर्ब २४ करोड शेयरको चुक्ता मूल्य ७१३ अर्ब ८७ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० को दश महिनामा १६६ अर्ब ४१ करोड बराबरको साधारण शेयर, ४५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेन्चर, ३४ अर्ब ८१ करोड बराबरको बोनस शेयर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड बराबरको हकप्रद शेयरगरी कुल २८५ अर्ब ३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड बराबरको डिबेन्चर, १३ अर्ब ३५ करोड बराबरको म्युचुअल फण्ड, १० अर्ब १ करोड बराबरको साधारण शेयर र २ अर्ब १५ करोड बराबरको हकप्रद शेयर गरी कुल ३७ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार १५:०६