जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ



काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छैठौं तहका अधिकृत (ल्याब टेक्निसियन) लेखनाथ भट्टराईलाई घुससहित पक्राउ गरेको हो।

सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई संखुमुलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार १३:१६