काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई शुक्रबारदेखि आईपिओ निष्काशन गरेको छ । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता सेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । सेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको हो ।
त्यस्तै कम्पनीका कर्मचारीलाई ८० हजार १ सय ५९ कित्ता सेयर, र सामुहिक लगानी कोष योजनाहरुलाई २ लाख १७ हजार ६ सय ५० कित्ता सेयर पनि कम्पनीले बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले कार्तिक २ गते सेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले कुल ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।
Comment