नेप्सेमा सिटी होटेलको सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा सिटी होटेलको सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटी होटेल लिमिटेडको सेयर सूचिकृत भएको छ । बिहिबार कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचिकृत भएको हो ।

सेयर सूचिकृत भएसंगै आगामी आइतबारबाट कम्पनीको सेयर कारोबार सुरु हुनेछ । कम्पनीको CITY सिम्बलबाट कारोबार हुनेछ । नेप्सेले सिटी होटेलको पहिलो कारोबारको लागि ८७.८३ रुपैयाँ देखि २६३.४९ रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो ।

कम्पनीले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको थियो । १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन्।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहीबार १६:३०