युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँड



काठमाडौं । युनिक नेपाल लघुवित्तको (एफपिओ) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहिबार एफपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार एफपिओमा कुल १३ लाख ५७ हजार १ सय ८० जनाको आवेदन भेरिफाई भएको थियो । ति मध्ये १३ लाख ५५ हजार ६ सय ८७ जनाको मात्र योग्य भएको क्यापिटलले जनाएको छ । उनीहरुलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट ३७ हजार ९ सय ४२ जनाले मात्र सेयर पाएका छन् । शेयर पाएका ३७ हजार ९ सय ४२ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले सेयर पाएका छन्।

आईपिओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ। जस अनुसार सेयर निष्काशक कम्पनी युनिक नेपाल लघुवित्तको वेबसाइट, बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयरको वेबसाइट, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटबाट हेर्न सकिने छ ।

मेरो सेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहीबार १६:१९