रेड्मीको नयाँ फोन नेपाली बजारमा, यस्ता छन् मूल्य र विशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रेड्मीको नयाँ फोन नेपाली बजारमा, यस्ता छन् मूल्य र विशेषता



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ‘फाइभ जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ ‘फाइभ जी’ कनेक्टटीभीटिको साथ आएको हो ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले रेड्मीमा उपभोक्ताहरुलाई ध्यानमा राखेर उत्पादनहरु ल्याउने गरेको बताए । उनले उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दै लगिएको बताए ।

पंडाले भने, ‘रेड्मी नोट १२ फाइभ जी नेपाली बजारमा लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं । रेड्मी नोट १२ फाइभ जीले हाम्रा प्रयोगकर्ताहरूलाई फाइभ जी कनेक्टिभिटी र असाधारण कार्यसम्पादन सुनिश्चित गर्दछ ।’

रेड्मी नोट १२ ‘फाइभ जी’ को साथमा प्रयोगकर्ताहरूले लक स्क्रिनमा डबल ट्याप गरेर मात्र महत्वपूर्ण सूचनाहरू र अन्य उपयोगी जानकारीहरूसंग अद्यावधिक रहन सक्छन् । यसको सेटिङहरू अनुकूलन गरेर, प्रयोगकर्ताहरूले आफ्नो डिस्प्लेमा हेर्न चाहेको कुरा, समय, मिति, ब्याट्री क्षमता, वा आफ्नो मनपर्ने आदर्श वाक्य पनि छनोट गर्न सक्छन् ।

अल्ट्रा–वाइड र म्याक्रो क्यामेरा लेन्सहरू सहितको ४८ मेघाफिक्सल ट्रिपल क्यामेरा सेटअपसँग सुसज्जित, रेड्मी नोट १२ ‘फाइभ जी’ ले उत्कृष्ट तस्बिर र भिडियो प्रदर्शन गर्दछ। यसले नाईट मोडमा पनि अद्भुत दृश्यहरू खिच्न सक्छ । यसको पोर्ट्रेट मोडले फिल्डको प्राकृतिक गहिराइ सिर्जना गर्छ जसले तपाईंको विषयलाई भीड वा व्यस्त पृष्ठभूमिबाट अलग राख्न मद्दत गर्दछ । पातलो र हल्का तौलको डिजाइनले फोन होल्ड गर्न सहज र लामो समयसम्म टिकाउ हुने कम्पनीको दाबी छ ।

रेड्मी नोट १२ ‘फाइभ जी’ विभिन्न कलरमा उपलब्ध रहेको छ । यो ६ जीबी :१२८ जीबी र ८ जीबी : २५६ जीबी गरि दुई भेरियन्टहरूमा उपलब्ध छ । ६ जीबी : १२८ जीबी र ८ जीबी : २५६ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः २९ हजार ९९९ रुपैयाँ र ३१ ह्जार ९९९ रहेको छ ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार ११:५१