नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रिमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७२ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ १९ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको केन्द्रिय कार्यालय, दरवारमार्ग काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सेयर मुल्य भने बिक्रेताले तोकेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार १४:२९