नेपाल टेलिकमको नाफा ८ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल टेलिकमको नाफा ८ अर्ब



काठमाडौं, २७ माघ  । नेपाल टेलिकम कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ७ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ४२ दशमलव १२ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा १३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।

१५ अर्ब चुक्ता पूँजी भएको नेपाल टेलिकमले जगेडाकोषमा ७८ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ छुटाएको छ । कम्पनीको जम्मा आम्दानी ४९ दशमलव १७ प्रतिशतले घटेर २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ पुगेको छ भने खर्च ५४ दशमलव ८७ प्रतिशतले घटेर ११ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

नेपाल टेलिकम कम्पनीको प्रतिशेयर आम्दानी १ सय ५ दशमलव ५८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ६ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ ६ सय २५ दशमलव ४५ रुपैयाँ रहेको छ ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार ०५:२४