रावा इनर्जीको आइपीओमा आवेदन खुल्ला, क–कसले दिन पाउँछन् आवेदन? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रावा इनर्जीको आइपीओमा आवेदन खुल्ला, क–कसले दिन पाउँछन् आवेदन?



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ६ लाख ९६ हजार ३ सय ३० कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता सेयर छुट्याईएको छ । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

इच्छुक आवेदकले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनसक्नेछन् भने अधिकतममा १० हजार कित्ताका सम्म आबेदन दिन सक्नेछन् । जेठ २२ गतेसम्म यस आइपीओमा आवेदन दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहीबार १२:१५