बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरिएकोमा कलाकार संघको ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरिएकोमा कलाकार संघको ध्यानाकर्षण



काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा गरी विदेशी चलचित्रलाई पक्ष पोषण गरेकोमा नेपाल चलचित्र कलाकार संघले आफ्नो गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

‘नेपालमा विदेशी चलचित्र निर्वाध रुपमा प्रदर्शन भईरहेको तथ्य कसैबाट लुकेको छैन, संघका अध्यक्ष मोहन निरौलाद्वारा बुधवार साँझ प्रेसित ध्यानाकार्षण पत्रमा भनिएको छ– ‘सरकारको नीति कमजोर हुँदा विदेशी चलचित्रको प्रदर्शनले प्राथमिकता पाएर नेपाली चलचित्र क्षेत्र सोझै मारमा परिरहेको पीडा हामी दशकौँ देखि भोग्दै आएका छौँ ।’

‘यो पीडालाई न्यूनिकरण गर्न हामी बारम्बार आवाज उठाउँदै आएका छौँ । सरकारलाई पटक–पटक दवाव पनि दिइरहेको छौँ । हामी हाम्रो सरकारबाट नेपाली चलचित्रको विस्तार तथा प्रवर्धन चाहन्छौं । नेपाली चलचित्र उद्योगसँग कलाकार, लगानीकर्ता, निर्देशक मात्र हैन हजारौँ श्रमिकहरुको जीविका प्रत्यक्ष र परोक्ष रुपमा जोडिएको छ, विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा यो बजेटमा नेपाली चलचित्रको प्रवर्धन र विस्तारलाई उपेक्षा गरिँदा चलचित्रकर्मी अत्यन्त दुःखी भएको भएको उल्लेख गर्दै भनिएको छ– ‘यस विषयमा हाम्रो जोडदार भर्त्सनासहित गम्भीर ध्यानाकार्षण भएको छ । सरकारले अविलम्ब नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न हामी जोडदार माग गर्दछौँ ।’

प्रकाशित : १८ जेष्ठ २०८०, बिहीबार ११:३०