सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा ५ दिने दुग्ध उत्पादन सिपमुलक तालिम सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा ५ दिने दुग्ध उत्पादन सिपमुलक तालिम सञ्चालन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहमा सुुहाउदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य साथ जेष्ठ ८ गतेदेखि वीरेन्द्र नगरमा ३५ जना महिलाहरुको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

सो आयोजित कार्यक्रमा प्रमुख अतिथी वीरेन्द्रनगर २ का कार्यवहाक वडा अध्यक्ष गज बहादुर बुढा, विशिष्ट अतिथी सनराइज बैंक कर्णाली प्रदेशका प्रमुख धर्म कुमार विष्ट, बैंकका प्रधान कार्यलयका कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा बैंकका वीरेन्दनगर शाखाका शाखा प्रमुख सुस्मा गिरीको उपस्थिति रहेको थियो ।

५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गरेका हुन् । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर आय आर्जनमा जोड्ने र वित्तीय अनुसाशन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको थियो । सिपमुलक तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको रयसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार १३:२७ 31 May, 2023 1:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।