लुटपाटमा संलग्नलाई कारबाही गर्न एनएमबि बैंकको अनुरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुटपाटमा संलग्नलाई कारबाही गर्न एनएमबि बैंकको अनुरोध



काठमाडौं । एनएमबि बैंकले आफ्नो महोत्तरी शाखामा आज भएको लुटपाटको घटनामा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

एनएमबि बैंकले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘नेपाल–भारत सिमानानजिक रहेको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखा कार्यालयमा आज करिब मध्याह्न १२ः२५ बजे ३–४ जनाको समूहमा रहेका अपरिचित बन्धुकधारीहरु प्रवेश गरी नगद लुटिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न व्यक्तिहरुलाई आवश्यक कानुनी कारबाही गर्नका लागि सम्बन्धित निकायमा अनुरोध भइसकेको छ।’

उक्त घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भइरहेको बैंकले जनाएको छ। ‘उक्त घटनामा कसैलाई पनि कुनै गम्भीर चोटपटक नलागेको ब्यहोरा अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान पश्चात प्राप्त हुने थप विवरणको जानकारी पछि गराइनेछ।’

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार १२:३७