आइएमई पे र अरोगीन हेल्थ केयरबीच सम्झौता, ४५ प्रतिशतसम्मको छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइएमई पे र अरोगीन हेल्थ केयरबीच सम्झौता, ४५ प्रतिशतसम्मको छुट



काठमाडौं । ‘आइएमई पे’ र ‘अरोगीन हेल्थ केयर’ बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त सकिने छ ।

सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम पाँच देखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने छ । सो छुट सिमित सेवालाई मात्र लागु हुनेछ ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलवार १८:४२