तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको एक करोड बढी कित्ता बोनस सेयर सूचीकृत गरेको छ । आइतबार नेप्सेले स्वरोजगार लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स र हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको एक करोड २६ लाख ३३ हजार २५८ दशमलव ५८ कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनस पछिको ११ लाख ३१ हजार १८ दशमलव ७ कित्ता सेयर सूचीकृत भएको छ । त्यस्तै प्रभु इन्स्योरेन्स कम्पनीको ६.७ प्रतिशत बोनसपछिको ८ लाख ६४ हजार १०६ दशमलव ७६ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस पछिको एक करोड ६ लाख ३८ हजार १३३ दशमलव ७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छन ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १२:३८