लेखनाथ महोत्सवको तयारी पूरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

लेखनाथ महोत्सवको तयारी पूरा



पोखरा, २५ माघ ।  यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने १३औंँ संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । सो महोत्सव लेखनाथ उद्योग वाणिज्य सङ्घ, कास्कीको आयोजनामा हुन लागेको हो  ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको बताए । लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रचारप्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीका अनुसार महोत्सव अवधिभर १५ करोडदेखि  २० करोडसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट करिब  ९० लाख आम्दानी तथा महोत्सव सम्पन्न गर्न  ८० लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा कृषिजन्य वस्तुको बजार प्रवद्र्धन, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन, साहित्य, कला संस्कृतिको प्रचारप्रसार एवम् बजारीकरण गर्ने उद्देश्य राखिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव छत्रधर आत्रेयले  जानकारी दिए ।

प्रकाशित : २५ माघ २०७३, मंगलवार ११:५४