युनिक नेपाल लघुवित्तको एफपीओमा कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

युनिक नेपाल लघुवित्तको एफपीओमा कति दिने आवेदन ?



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँका दरले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो ।

एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले जनाएको छ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार १२:२६