गल्फ लुब्रिकेन्टको इन्डियन प्रिमियर लिग यात्रा, ग्राहकहरु पुगे दिल्ली र लखनउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गल्फ लुब्रिकेन्टको इन्डियन प्रिमियर लिग यात्रा, ग्राहकहरु पुगे दिल्ली र लखनउ



काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले निकै चर्चित भारतीय क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपील) का खेल हेर्न आफ्ना ग्राहकहरुलाई दिल्ली र लखनउ लगेकोे छ । गल्फ लुब्रिकेन्ट, निकै चर्चित आइपील टिम चेन्नई सुपर किंग्सको स्पोन्सर रहेको छ ।

महेन्द्र सिंह धोनी कप्तान रहेको सो टिम आइपीलकै सबै भन्दा उत्कृष्ट र सफल टिम मानिन्छ । आइपीलका दुइ खेल, लखनऊमा सम्पन्न चेन्नई सुपर किंग्स बिरुद्ध लखनऊ सुपर जायंट्स र दिल्लीमा सम्पन्न चेन्नई सुपर किंग्स बिरुद्ध दिल्ली क्यापिटलको खेलमा ग्राहक र सरोकारवालाहरु गरि २१ जनाले स्टेडियममै पुगी खेल हेर्न मौका पाएको थियो। कम्पनीका अनुसार फेसबुक कन्टेस्ट मार्फत १२ जना ग्राहकहरुको छनोट गरिएको थियो भने बाकी ९ जान गल्फका कर्पोरेट ग्राहकहरु रहेको कम्पनीले जनाएकोे छ ।

कम्पनीक महाप्रबन्धक गंगाराज भट्टराईका अनुसार, ‘इन्डियन प्रिमियर लिग (आइपील) क्रिकेट जगतको सबै भन्दा ठुलो प्रतियोगिता हो। यो खेल हरु स्टेडियममा बसी हेर्नेको अनुभव अतुलनिय छ। निकै चर्चित आइपील टिम चेन्नई सुपर किंग्सका स्पोन्सर गल्फ लुब्रिकेन्ट भएकोले हामीले आफ्नो ग्राहक र सरोकारवालाहरुलाई यो अनुभव प्रधान गर्न सकेका हौ। सम्भवत यो नेपालीमै पहिले पटक हो। यसले हाम्रा ग्राहक र सरोकारवालाहरुलाई गल्फ लुब्रिकेन्ट प्रति अझै उत्साहित बनाएको बिश्वास हामीले पाएका छौ ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलवार १३:४४