७ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स, कुन–कुन पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

७ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स, कुन–कुन पाए ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबार ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ। सोमबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले आशय पत्र प्राप्त ४३ वटा कम्पनीमध्ये ७ वटा कम्पनीलाई अनुमतिपत्र दिएको हो।

लाइसेन्स पाउने कम्पनीहरूमास् भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन्।

अनुमति प्राप्त सबै सिमित कार्य गर्ने ब्रोकर कम्पनीहरु हुन्। ११ वर्षपछि नयाँ ब्रोकर थपिन लागेका हुन्। यसअघि २०६८ सालमा नयाँ ब्रोकर लाइसेन्स वितरण भएको थियो। तत्कालिन समयमा २३ कायम ब्रोकर संख्या २७ वटा थपेर ५० पुर्याइएको थियो।

गत वर्ष भदौ २९ गते बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी २०६४ लाई संसोधन गरेर नयाँ लाइसेन्स प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलवार १३:३७