कुमारी बैंकको ३ लाख १६ हजार कित्ता सेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको ३ लाख १६ हजार कित्ता सेयर लिलामीमा



कुमारी बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । नियामक निकाय नेपाल राष्ट्र बैंकका अनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथमिकता संस्थापकहरुलाई दिनुपर्ने व्यवस्था छ । सो व्यवस्था बमोजिम सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र निवेदन बुझाउन सक्ने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहनेले न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन बीओके क्यापिटल मार्केट नारायणचौर नक्सालबाट प्राप्त गर्न तथा बुझाउन सकिने बैंकले जनाएको छ ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलवार १३:२१