सानिमा बैंक अब लमजुङको बेसीशहरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंक अब लमजुङको बेसीशहरमा



काठमाडौं । सानिमा बैंकले लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर-७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतपवन कुमार आचार्यले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा मह जोडीले लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।सानिमा बैंकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार १५:५५