ग्लोबल आइएमई लघुवित्तले मनायो ११ औं वार्षिकोत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई लघुवित्तले मनायो ११ औं वार्षिकोत्सव



काठमाडाैं । ग्लोबल आइएमई लघुवित्तले ११ औं वार्षिकोत्सव मनाएको छ । बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको हो ।

२०७० जेठ ५ गते स्थापना भएको संस्थाले आज ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा रहेका शाखा मार्फत मानव सेवा आश्रम,अनाथालय,बृद्धाश्रम,साहारा घर लगायतका संस्थाहरुमा खाद्यान्न, कपडा तथा सहयोग साम्रगी वितरण गरेको हो ।

विपन्न वर्गसँग ११ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनासकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विबिध कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।

वित्तीय संस्थाको ५४ जिल्लामा १२० वटा शाखा र १,४९,००० भन्दा बढी सदस्यहरु रहेको बताइएको छ ।

प्रकाशित : ६ जेष्ठ २०८०, शनिबार १४:४३