काठमाडौं । नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम ९आइएफसी० सँगको सहकार्यमा गरेको ‘द स्टेट अफ प्राइभेट सेक्टर’ विषयक अध्ययनले जीडीपीमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखिएको हो ।
महासंघका अध्यक्ष चन्द्र ढकालले अध्ययनले निजी क्षेत्रको विशाल योगदान देखाएकाले सरकारले निजी क्षेत्रमैत्री नीति तर्जुमा गर्नुपर्ने आवश्यकता झन बढेर गएको बताए । उनले निजी क्षेत्रलाई सम्मानजनक व्यवहार गर्न माग गर्दै निजी क्षेत्रबिना देशको विकास हुँदैन उदाहरण अध्ययन प्रतिवेदनमा प्रस्तुत सूचकहरुले पनि देखाएको दाबी गरे ।
रोजगारी प्रदानका हिसाबले पनि निजी क्षेत्र सबैभन्दा अगाडि देखिएको छ । निजी क्षेत्रले ८५ दशमलव छ प्रतिशत हिस्सा ओगटेको छ । जसमा कृषि, वन तथा मत्यपालन क्षेत्रमा ५७ प्रतिशत, थोक तथा खुद्रा व्यापार तथा सवारी ममर्तमा गरी १२ दशमलव पाँच प्रतिशतले रोजगारी पाएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।उनकाअनुसार निजी क्षेत्रले करिब ५५ लाख रोजगारी उपलब्ध गराएकोमा सरकारले चार लाख २७ हजार रोजगारी उपलब्ध गराएको छ ।
आइएफसीका नेपाल प्रतिनिधि बाबाकर सेद्ख फायले हालसम्म जीडीपीमा निजी क्षेत्रको योगदानबारे अध्ययन नभएको भन्दै नेपालमा अहिले गरिएको अध्ययन नै पहिलो अध्ययन भएको जनाए । यस अध्ययनका क्रममा नेपालका पाँचसय १७ फर्महरुलाई सर्वेक्षणमा सहभागी गराइएको बताइएको छ ।
Comment