सिटी होटलको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिटी होटलको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौं। सिटी होटल लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। सिटी होटलको आईपीओ काठमाण्डौको सोल्टीमोडस्थित सिटी होटेलमा बिहान ८:३० बजे बाँडफाँड गरिएको हो।

यसको आईपीओ गत वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको थियो।

बाँकी कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। त्यसमा बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट कुल १ करोड १८ लाख ९५ हजार ३७०० कित्ता सेयर माग भएको छ। जसमा १० लाख ८७ हजार ६७५ आवेदकबाट परेको १ करोड १८ लाख ३३ हजार ७१० कित्ता सदर भएको छ भने ४ हजार ९९२ आवेदकबाट परेको ६१ हजार ६६० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये ९ लाख ५२ हजार ८१ आवेदकको हात खाली भएको छ। अन्तिम नतिजा धितोपत्र निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको वेबसाइटमा गएर हेर्न सकिनेछ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार ११:१३