सरकार र आन्दोलनरत विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सरकार र आन्दोलनरत विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति



काठमाडौं । सरकार र नेपाल विज्ञापन संघ (आन) बीच ७ बुँदे सहमति भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा सरकार र आन्दोलनरत आनबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उपसचिव टेकबहादुर महत तथा नेपाल विज्ञापन संघका प्रतिनिधि सुदिप थापा, कृष्ण प्रसाद घिमिरे, कृष्ण मुरारी लामिछाने, रविन्द्र कुमार रिजाल शशी, विज्ञापन बोर्डका सदस्य बलराम थापाको हस्ताक्षरमा उक्त सहमति भएको हो।

आनले गत वैशाख २७ गतेदेखि नेपाल सरकारद्वारा बिज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गरी विज्ञापन बोर्डमार्फत एकद्वार गर्ने प्रक्रियाविरुद्धमा विभिन्न कार्यक्रममार्फत विरोध गर्दै आएको थियो।

सहमतिपत्रमा हस्ताक्षर भएपछि आनका तर्फबाट सम्पूर्ण आन्दोलन कार्यक्रम स्थगित गरिएको छ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहीबार १३:१९